Saturday, February 23, 2013

कसरी बढाउने कम्प्युटरको गति ?


सूचना-प्रविधिको बढ्दो प्रयोगले हाम्रो दैनिक जीवन सहज र दु्रत भएको छ। खासगरी कम्प्युटरको प्रयोग हाम्रा निम्ति वरदान नै सावित  भएको छ, तर प्रविधिको यो उच्चतम माध्यम सुस्त गतिको भएर काम गर्न अप्ठेरो त भैरहेको छैन ? यदि त्यसो हो भने चिन्ता हुनु  स्वाभाविक हो। आफ्नै प्रयासले कम्प्युटरका यस्ता समस्या समाधान गर्न सकिन्छ। 

डिक्स इरर क्लिन 

कुनै प्रोगाम क्रास वा पावर सर्टेज भए पीसी हार्ड डिक्समा इरर क्रिएट हुनसक्छ। यसका लागि कम्प्युटरको हार्ड डिक्सको इरर चेक गर्नुपर्छ।  डिक्स चेकिङका लागि माइ कम्प्युटरमा जानुहोस्। जुन डिक्स चेक गर्न चाहनुहुन्छ त्यसमा राइट क्लिक गर्नुहोस् र फेरि प्रोपर्टिजमा क्लिक  गर्नुहोस्। प्रोपर्टिज डायलग बक्समा टुल ट्याबमा क्लिक गर्नुहोस्। इरर चेकिङ सेक्सनमा चेक नाउ बटन थिच्नुहोस्। कम्प्युटरमा इरर चेक गर्न  चेक डिक्स एक्सेस गर्नुहोस्। इररअनुसार डिक्स चेकिङमा करिब एक घण्टा लाग्न सक्छ। डिक्स चेक सातामा एकपटक गर्न सकिन्छ।

टेम्पररी फाइल हटाउनुपर्छ 

जब वेब ब्राउज गरिन्छ तब कम्प्युटरको टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ। यसका साथै माइक्रोसफ्ट वर्ड एवं एक्सलमा काम गरेका  बेला पनि टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ। यसले गर्दा कम्प्युटरको स्पिडमा फरक पर्छ। यसबाट बच्न विन्डोज डिक्स क्लिनअप स्क्रिन  प्रयोग गरेर पीसीको इन डेड फाइलबाट छुट्कारा पाउन सकिन्छ। 

डिक्स क्लिनअपका लागि माई कम्प्युटरमा गएर चेक डिक्समा राइट क्लिक गर्नुहोस्। प्रोपर्टिज डायलग बक्समा गएर डिक्स क्लिनअपमा क्लिक  गर्नुहोस्। डिक्स क्लिनअपको प्रयोग अनावश्यक फाइल हटाउन पनि गर्न सकिन्छ। स्क्यानपछि डिक्स क्लिनअप डायलग बक्सबाट हटाइएका  फइलको लिस्ट देखिन्छ। 

डाटा अर्गनाइज 

कम्प्युटरले खासगरी फाइल खोज्ने काममा बढी समय लगाइरहेको हुन्छ। यसका बाबजुद कम्प्युटर एक्सेस र रिट्रिबल स्पिड बढाउन  फाइल्सको कुनै भागमा छुट्याइन्छ, तर अपडेट गरेपछि कम्प्युटर इन फाइल्सको कुनै भागमा हार्ड डिक्सले सेवा गर्न थाल्छ। यसले  कम्प्युटरको स्पिड कम गरिदिन्छ, किनभने यसले हरेक फाइल अलग-अलग स्थानमा खोज्नुपर्ने हुन्छ। 

यसलाई ठीक गर्न डिक्स डिफ्रेग्मेन्टर प्रोग्राम आवश्यक हुन्छ जसले फाइललाई एकसाथ जोड्न सक्छ। यसका लागि पनि माई कम्प्युटरमा  गएर चेक गर्ने फाइलमा राइट क्लिक गरेर प्रोपर्टीमा क्लिक गर्नुपर्छ। 

प्रोपर्टी डायलग बक्समा टुल्स ट्याबमा क्लिक गरी डिफ्रेग्मेन्टेसन सेक्सनमा गएर डिफ्रेग्मेन्टमा क्लिक गर्नुहोस्। डिक्स डिफ्रेग्मेन्टेर डायलग  बक्समा डिक्सको सेलेक्ट गरेर एनालाइसमा फेरि क्लिक गर्नुहोस्। पीसीको एनलाइसिस गरेपछि डिक्स डिफ्रेग्मेन्टरमा एउटा सन्देश आउनेछ र  त्यसले भन्नेछ— तपाईं आफ्नो कम्प्युटरलाई डिफ्रेग्मेन्ट गर्न चाहनुहुन्छ कि हुन्न? कम्प्युटर डिफ्रेग्मेन्ट गरेपछि त्यो फाइलको प्रोगाम र  साइजअनुसार पुनः अर्गनाइज हुन्छ। 

एन्टी भाइरस इन्सटल गर्नुहोस् 

भाइरस र स्पाइवेयर कम्प्युटरको सुस्त गतिका लागि जिम्मेवार हुन्छ। यसका साथै यसले डाटा र फाइललाई समेत प्रभावित गरिरहेको हुन्छ।  एन्टी भाइरस वा एन्टी स्पाइवेयरलाई समय-समयमा अपडेट गरिरहनुपर्छ। यसका लागि पेड प्रोगाम जस्तै नरटन एन्टी भाइरस र टूेन्ड  माइक्रोका अतिरिक्त इन्टरनेटबाट समेत एन्टी भाइरस तथा एन्टी स्पाइवेयर डाउनलोड गर्न सकिन्छ। 

पेज हिस्ट्रीको काम गर्नुहोस् 

यदि इन्टरनेटको काममा समेत यस्तै समस्या छ भने वेब ब्राउजिङका लागि इन्टरनेट एक्सप्लोरर मिलाउने माइक्रोसफ्टको प्रोगाम उपलब्ध छ।  आफ्नो पीसीको स्पिड बढाउन वेब पेज हिस्ट्रीको काम गर्नुपर्छ। यसका लागि इन्टरनेट एक्सप्लोररमा जानुहोस् र फेरि टुल मेनुमा गएर  इन्टरनेट अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि हिस्ट्री सेक्सनमा गएर कति दिनको हिस्ट्री राख्न चाहनुहुन्छ टाइप गर्नुहोस्। कम्तीमा एक दिनको  हिस्ट्री राख्नुहोस्। 

माइक्रोसफ्ट अपडेटका लागि अटोमेट

माइक्रोसफ्टले बजारमा यस्ता अपडेट ल्याइरहेको हुन्छ जसले कम्प्युटरको स्पिड बढाउन सहयोग पुर्‍याउँछन्। यसका लागि माइक्रोसफ्ट  अपडेटको अटोमेट गर्नुहोस्, जसले कम्प्युटरले स्वयं नयाँ अपडेट्सको डाउलोड एवं इन्स्टल गरोस्।

साइबर जिज्ञासा



उत्तरः www अर्थात् वल्र्ड वाइड वेबको क्षमता दिन-प्रतिदिन बढेको हामी सबैलाई थाहै छ। यसको वास्तविक स्टोरेज कति छ भनेर ठम्याउन  सकिएको छैन। यसका थुप्रै कारण छन् जसमध्ये वेब क्रलिङ पनि एक हो। हामी गुगल, याहुजस्ता सर्च इन्जिनबाट जब कुनै जानकारी प्राप्त  गर्न खोज्छौं तब ती सर्च इन्जिन प्रणालीले मुख्य    वेबसाइटहरूको खोजी गर्दै अन्य थुप्रै वेबसाइटका वेबपेजहरूमा प्रवेश गर्छ। यो  प्रक्रियालाई नै वेब क्रलिङ भनिन्छ। यसले त्यस्ता वेब पेजहरूको हाइपरलिंक मात्र नभै तिनमा भएका सम्बन्धित जानकारी तथा डाटाहरू पनि  संकलन गर्छ। वेब क्रलिङको प्रयोग गुगल, याहुजस्ता सर्च इन्जिनहरूले तीन प्रक्रियाबाट गर्छन्। ती यसप्रकार छन्ः

वेब कन्टेन्ट क्रलिङः यसमा टेक्सचुयल डाटा, इमेज, भिडियो, अडियो जस्ता हाइपरलिंकहरूका बारेमा जानकारी संकलन गरी स्टोर गरिन्छ।  यो प्रक्रिया लाखौं वेबपेजमा प्रवेश गरी तिनमा भएका सम्बन्धित लिंकहरू संकलन गरिन्छ।

वेब स्टूक्चर क्रलिङः यो प्रक्रियाले त्यस्ता वेबपेजहरूको खोजी गर्छ जुन वेबपेजहरू एकै प्रकारका हुन्छन्। उदाहरणका लागि कुनै एउटा मो बाइलको कन्फिगुरेसनको जानकारी चाहिएमा यो प्रक्रियाले वल्र्ड वाइड वेबमा त्यस्ता सबै वेबपेज संकलन गरी एउटै ठाउँमा स्टोर गर्छ जुन  वेबपेजमा त्यो मोबाइलको कन्फिगुरेसन राखिएको हुन्छ। यसबाट एउटा स्ट्रक्चर बन्ने भएको हुनाले यसलाई वेब स्ट्रक्चर क्रलिङ भनिएको हो।

वेब युसेज क्रलिङः यो क्रलिङ प्रक्रिया विशेष गरेर सर्भरमा हुन्छ। प्रत्येक वेबसाइटको महत्व त्यसमा भिजिट गर्ने प्रयोगकर्ताहरूको संख्यामा  निर्भर गर्छ। यो क्रलिङ प्रक्रियाले त्यस्ता वेबसाइट भिजिट गर्ने प्रयोगकर्ताहरूको संख्याका आधारमा जानकारी स्टोर गर्छ र सर्च इन्जिनमा उक्त  वेबसाइटलाई मुख्य प्राथमिकताका आधारमा सबैभन्दा अघि प्रकाशित गर्छ।

मोबाइल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू

मोबाइल फोनको खतरनाक पक्षकै कारण त्यसलाई प्रयोग नै नगर्ने भनेको होइन। यसको प्रयोग आवश्यक परेको बेलामा होसीयारीपूर्वक मात्र  गर्नुपर्छ। 

मोबाइल फोनको प्रयोग त्यति बेला मात्र गरौ जब यसको आवश्यकता पर्छ। अनावश्यक समयमा मोबाइल फोन चलाउने बानी ठीक होइन,  यसलाई भरसक आफ्नो शरीरभन्दा टाढा राख्नुपर्छ। 

इन्टरनल एरिएल भएको सेटलाई आफ्नो टाउको नजिक बढी समयसम्म नराखौ। बढी विकिरण हुने एसएआर मोबाइलबाट बचौं र बढी  समय ब्याट्री खप्ने मोबाइल फोन मात्र खरिद गरौं। गुणस्तरका बारेमा जानकारी नभएका सञ्चारसम्बन्धी साधनहरूको खरिद-बिक्री तथा  प्रयोग नगरौं। 

मोबाइल प्रयोग निषेध लेखिएका ठाउमा मोबाइल प्रयोग गर्नुहुँदैन। माइक्रोवेब टावर तथा बिजुलीका ठूला उपकरणको नजिक मोबाइल फोनको  प्रयोग खतरनाक हुन्छ। मोबाइल फोनको सेटलाई पानीबाट जोगाउनुपर्छ। मोबाइलमा पानी पसे सट सर्किट भएर विस्फोट हुनसक्छ। नेटवर्कका  लागि प्रयोग गर्ने टावरहरूबाट विकिरण वा हानिकारक तरंगहरू आउने हुनाले यसलाई केहीँ वस्तुले छोपेर राखौं। 

चार्जिङ गरिरहेको बेला मोबाइल फोन तात्यो भने सावधान हुनुपर्छ। यदि त्यसो हो भने तुरुन्त चार्जबाट निकालेर प्रविधिकलाई देखाउनुपर्छ।  बढी तापक्रम भएको ठाउँमा मोबाइल राख्नु हुँदैन। चलिरहेको कम्प्युटर, ल्यापटप वा टेलिभिजन सेटमाथि मोबाइल राख्नु खतरनाक हुन्छ। भो ल्टेज अनियमित छ तथा पावर प्लग ठीक छैन भने मोबाइल चार्ज गर्नुहुँदैन। यस्तो बेला मोबाइल सर्ट भएर झिल्का आउँछ।

यौन सन्तुष्टि नपाउँदा श्रीमतीको रिस

म २६ वर्षीय युवक हुँ र भर्खर मात्र विवाह गरेको छु। मेरो लिंगको अगाडिको भाग सानो र पछाडि भाग मोटो छ। म आफ्नी श्रीमतीले  चाहेको सन्तुष्टि नपाएको अनुभव गर्छु। सहवासपछि उनी रिसाउँछिन्। यो कुरामा मलाई अति नै चिन्ता लाग्छ। 

खि. 

प्रश्नमा सीमित जानकारी मात्र भएको र प्रत्यक्ष परीक्षण गर्न नसकिएको स्थितिमा यस विषयमा चर्चा गर्न गर्न सकिने स्थिति त भएन, तर  तपाईंलाई के भनौं भने व्यक्ति-व्यक्तिअनुसार लिङ्गको आकार फरक-फरक हुन्छ। लिङ्गको आकारको कुरा गर्दा, यसको नली आकारको  मध्यभागलाई Shaft वा Body भनिन्छ भने अगाडितिरको फुकेको भागलाई मुण्ड भनिन्छ। मुण्डको अग्रभाग सानो हुँदै गएको हुन्छ भने  पछाडितिर लिङ्गसँग जोडिएको भागदेखि बाहेक पनि केही बढी फुकेको भाग हुन्छ, जसलाई Corona भनिन्छ। लिङ्गको मध्यभागसम्म त  छाला टाँसिएकै हुन्छ तर मुण्डलाई समेत छोपे पनि यो भागमा छाला भने टाँसिएको हुँदैन। नटाँसिएको उक्त छालालाई अग्रचर्म भनिन्छ। 

यौन सन्तुष्टि नपाउँदा श्रीमतीको रिस

मानव यौन प्रतिक्रिया चक्रका चरणहरूलाई विचार गर्ने हो भने यौन उत्तेजनाले निरन्तरता पाइरहे हामी एउटा विशेष स्थितिमा पुग्छौं जसलाई  'यौन चरमसुख' को स्थिति भनिन्छ। अर्ग्याजम भनेर चिनिने चरण छोटो हुने भए पनि महत्वपूर्ण छ। धेरैजसो व्यक्तिका लागि यो चरमसुख  प्राप्तिको विशेष महत्व हुन्छ र चाहेअनुरुप उक्त कुरा प्राप्त गर्न नसक्दा लागेको दुःख वा पीडा रिसका रूपमा पोखिएको हुनसक्छ। तपाईंकी  श्रीमतीलाई रिस उठ्ने अन्य कारण छ कि छैनन् भन्ने कुरा विचार गर्न नबिर्सनुहोला। 

महिलाले कसरी यौन आनन्द पाउँछन् ?

योनि महिलाको महत्वपूर्ण यौन अङ्ग हो र यौन क्रियाकलापमा अनि यौन सम्पर्कमा यसको महत्वपूर्ण भूमिका हुन्छ। बुझ्नुपर्ने कुरा के हो भने  महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा हुँदैन। अधिकांश महिलाको यौनसुखको केन्द्र भगांकुर हो। महिलाले  यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट यौन आनन्द प्राप्त गर्छन्। तपाईंलाई थाहै होला, भगांकुर बाहिरै हुन्छ। योनिको सन्दर्भमा पनि  योनिको सम्पूर्ण लम्बाइको बाहिरीतिरको एकतिहाइ भाग चाहिँ यौन संवेदनशील हुन्छ। त्यसैले साधारणतः छोटो भनिने लिङ्गले पनि यौनसुख  दिन सक्छ। 

योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरु तथा अग्रभागमा रहेको Mons veneris (जहाँ यौ नकेशहरु पाइन्छ) भागहरू यौन संवेदनशील हुन्छन्। त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग  विशेष यौन संवेदनशील हुन्छ। व्यक्ति-व्यक्तिअनुसार फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र आदि अंगहरूलाई पनि यौन  संवेदनशील अङ्ग मान्न सकिन्छ।

यी कुरा गर्दा विशेष गरेर के बुझ्नु आवश्यक छ भने पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्र भने केही फरक हुन्छ। यौन उत्तेजनाको सुरुदे खि चरमसुखको स्थितिसम्म महिलाको तुलनामा पुरुष तुलनात्मक रूपमा चाँडो पुग्छन्। चरमसुखको स्थितिमा पुगेर वीर्य स्खलन भएपछि पुरु षहरूले यौनसम्पर्कलाई महिलाले जस्तो निरन्तरता दिन सक्दैनन्। निरन्तरता दिन नसकिएको स्थितिमा महिलामा यौन उत्तेजना बढ्ने क्रमले  निरन्तरता नपाउन सक्छ अनि यौनसन्तुष्टि पाउने कुरा नै भएन। 

महिलाहरूलाई केही समय बढी लाग्ने भएकाले पहिले महिलालाई उनको यौन संवेदनशील अङ्गको घर्षण वा मर्दन गरर राम्रोसँग उत्तेजित  गराई तयार गरेपछि अर्थात् प्राक्क्रीडामा संलग्न भएर मात्र योनिमा लिङ्ग प्रवेश गराउँदा समयको तालमेल मिल्न सक्छ। कतिपय स्थितिमा  यौनसम्पर्क गर्दा श्रीमान्-श्रीमतीमध्ये कसको यौन सन्तुष्टिलाई प्राथमिकता दिने भन्ने कुरामा विचार पुर्‍याएर आलोपालो गर्न सकिन्छ। 

अब, अर्को कुरा

मेरो विचारमा तपाईंकी श्रीमती रिसाएकी भए पनि असन्तुष्टिलाई लिएर आफ्ना भावना व्यक्त गर्नु झट्ट हेर्दा नकारात्मक भए पनि एक  किसिमले सकारात्मक नै हो। त्यसलाई दमन गरिए स्थिति अझ खराब हुन सक्थ्यो। यसैलाई आधार बनाएर के गर्दा तपाईं र तपाईंकी  श्रीमतीको बीचमा यौन तथा यससम्बन्धी सन्तुष्टि प्राप्त गर्न सकिन्छ भनेर कुराकानी गर्नुपर्छ। दुवैले सल्लाह गरी नयाँ प्रयोगहरू गरे तपाइर् हरूको यौनजीवन सुखमय बन्नसक्छ। महत्वपूर्ण कुरा त तपाईंले आफ्नो मनमा भएको हीनताबोध चटक्कै निकालेर फाल्न सक्नुपर्छ। बरु  हीनतावोधसहितको चिन्ताले चाहिँ यौनजीवनमा नकारात्मक असर पार्न सक्छ। त्यसैकारण मनलाई बलियो बनाउन अनुरोध छ। 



म एकदम दुब्लो छु। ममा सेक्ससम्बन्धी उत्तेजना बढी छ। के म सेक्समा असफल त हुने होइन ? मेरो उमेर १८ वर्ष भयो। 

७१६९९

तपाईंले आफू एकदम दुब्लो छु त भन्नुभयो तर तपाईंको वजन र उचाइ उल्लेख नभएको सन्दर्भमा यसै भन्न सकिने स्थिति भएन। अति नै  कम वा बढी तौल भएको स्थितिमा त्यसको नकारात्मक प्रभाव यौन जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्छ। अर्कातिर किशोरावस्थामा केही  हदमा शरीरको स्वरूपसम्बन्धी चिन्ता पनि हुन्छ। यौन उत्तेजना हुनुले तपाईंमा यौन सक्षमता राम्रैसँग विकास भैरहेको देखाउँछ, तर तपाईंले  के कारणले असफल हुने कुरा गर्नुभयो थाहा भएन। यसरी नकारात्मक सोच राख्नुपर्ने कुनै कारण छैन। यौनसम्बन्ध पुरुष अनि महिला दुवैले  मलजल गरी सुमधुर बनाउने हो न कि यो कुनै परीक्षा वा प्रतियोगिता हो, जहाँ हामी सफल वा असफल हुन्छौं। सुमधुर यौन सम्बन्ध नै  सफल यौनसम्पर्क, यौन चरमसुख अनि यौन जीवनको आधार हो। 



यौन मनोविज्ञान

करूणा कुँवर, मनोविद्

म ३० वर्षकी भए। श्रीमान् ३३ को हुनुहुन्छ। श्रीमान्को भन्दा मेरो यौनइच्छा बढी छ। पहिले उहाँको इच्छा बढी थियो। हाम्रो विवाह भएको पाँच वर्ष भैसक्यो। जब म इच्छा राख्छु, उहाँ मुड छैन भनेर टार्नुहुन्छ। म यस कारण निरास छु। तपाईंको विचारमा यो मनोवैज्ञानिक समस्या हो  कि कुनै रोग ? यसको केही समाधान छ ?

क.

यदि कुनै पुरुष शारीरिक कमजोरीका कारण यौन क्रियाकलापमा सक्रिय हुन सक्दैन भने त्यो स्वास्थ्य समस्या हुन सक्छ। यदि कुनै शारीरिक  समस्याबिना नै यौनमा चासो नराख्ने हो भने यो मनोवैज्ञानिक समस्या हुन सक्छ। तपाईंले पहिले श्रीमान् यौनसम्पर्क राख्ने इच्छा गर्नुहुन्थ्यो,  अहिले गर्नुहुन्न भन्नुको अर्थ उहाँको मन परिवर्तन भएको हो कि जस्तो देखिन्छ। यद्यपि श्रीमान्का बारेमा राम्रो सूचना श्रीमतीलाई पनि नहुन  सक्छ। अहिलेका लागि तपाईंको श्रीमान्को समस्या मनोवैज्ञानिक हो कि भन्ने आधारमा उत्तर दिने प्रयास गरिरहेकी छु। 

नेपालमा मात्र होइन, विश्वभरि नै कहिले लोग्नेमानिसमा यौनचाहना बढी हुने वा कहिले स्वास्नीमानिसमा यौनचाहना बढी हुने समस्या दे खिन्छ। मसँग पनि यस्ता प्रश्न महिला-पुरुष दुवैले राख्ने गरेका छन्। चिकित्साको भाषामा यसलाई यौनचाहनामा भिन्नता भनिन्छ। धेरैजसो  व्यक्तिले महिलामा भन्दा पुरुषमा यौनइच्छा बढी हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि उत्तिकै यौनचाहना हुन्छ। यौनचाहना  व्यक्तिअनुसार फरक-फरक हुन्छ।  

यौनचाहना एउटा प्राकृतिक विषय हो। यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ। जोडीमा अन्य  केही समस्या छैन भने कहिलेकाहीँ यौनका बारेमा वा भनौ दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या सिर्जना  भएका उदाहरण प्रशस्तै छन्। माथि भनेजस्तै यौनचाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो। 

तपाईंको यो प्रश्नको उत्तर दिनुभन्दा अघि तपाईंको श्रीमानको यौनचाहना समयअनुसार कम हुँदै गएको हो वा पहिलेदेखि नै कम थियो भन्ने  कुरा जान्नु आवश्यक हुन्छ। यदि समयअनुसार कम हुँदै गएको हो भने सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक छ।  किनभने  यो समस्याको स्रोत धेरै हुन सक्छ। तपाईंको प्रश्न सुन्दा तपाईंको श्रीमान् अहिले चिन्तामा रुमल्लिरहनुभएको छ जस्तो लाग्छ। दोस्रो, तपाईं र  तपाईंको श्रीमानको बीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ। एक-अर्काप्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि  समस्या थपिन थालेको हुनुपर्छ। एकअर्काप्रतिको आकर्षणमा समस्या सिर्जना हुन थालेको हुनुपर्छ। यसको कारण परस्त्रीगमन पनि हुन सक्छ  अथवा मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा  धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह  गरिहाल्छन्। एक-अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाहहरू पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न  सक्छन्। तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ। 

तपाईंको श्रीमानमा यौन निष्क्रियतासम्बन्धी कुनै समस्या पनि भएको हुन सक्छ। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौनचाहना बढी भएको हो भने यो अस्वाभाविक चाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो  भन्ने महत्वपूर्ण कुरा हो।

जहाँसम्म यौनचाहना घटीबढीसम्बन्धी प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ। कोही दैनिक  यौन चाहन्छन् भने कोही महिनामा एक-दुई पटक। तपाईंहरू दुवैले कहिलेकाहीं हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर  बुझ्नु उचित हुँदैन। त्यसकारण तपाईंको पार्टनरमा कुनै खराबी छ भनेर सोच्नुभन्दा तपाईंहरू दुवैको यौनइच्छा फरक छ भनेर बुझ्नु र  कसरी एक-अर्काको यौनचाहनालाई सम्मान दिने भनेर सोच्नु उचित हुन्छ। यस्तो अवस्थामा तपाईंहरूले एक-अर्कालाई दोष लगाए विभिन्न  समस्या सिर्जना हुन सक्छ र तपाईंहरूको सम्बन्ध थप जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब  दिनुभन्दा एक-अर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार  गर्नुपर्ने हुन्छ। त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हसीमजाक गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने,  गुणस्तरीय लुब्रिकेन्टसको प्रयोग गर्ने, एक-अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नुहोस्। श्रीमानलाई आफ्नो शरीर र  उनको शरीर पनि दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु पनि यो समस्या समाधानको राम्रो उपाय हुन सक्छ।

Sunday, February 17, 2013