Saturday, February 23, 2013

साइबर जिज्ञासा



उत्तरः www अर्थात् वल्र्ड वाइड वेबको क्षमता दिन-प्रतिदिन बढेको हामी सबैलाई थाहै छ। यसको वास्तविक स्टोरेज कति छ भनेर ठम्याउन  सकिएको छैन। यसका थुप्रै कारण छन् जसमध्ये वेब क्रलिङ पनि एक हो। हामी गुगल, याहुजस्ता सर्च इन्जिनबाट जब कुनै जानकारी प्राप्त  गर्न खोज्छौं तब ती सर्च इन्जिन प्रणालीले मुख्य    वेबसाइटहरूको खोजी गर्दै अन्य थुप्रै वेबसाइटका वेबपेजहरूमा प्रवेश गर्छ। यो  प्रक्रियालाई नै वेब क्रलिङ भनिन्छ। यसले त्यस्ता वेब पेजहरूको हाइपरलिंक मात्र नभै तिनमा भएका सम्बन्धित जानकारी तथा डाटाहरू पनि  संकलन गर्छ। वेब क्रलिङको प्रयोग गुगल, याहुजस्ता सर्च इन्जिनहरूले तीन प्रक्रियाबाट गर्छन्। ती यसप्रकार छन्ः

वेब कन्टेन्ट क्रलिङः यसमा टेक्सचुयल डाटा, इमेज, भिडियो, अडियो जस्ता हाइपरलिंकहरूका बारेमा जानकारी संकलन गरी स्टोर गरिन्छ।  यो प्रक्रिया लाखौं वेबपेजमा प्रवेश गरी तिनमा भएका सम्बन्धित लिंकहरू संकलन गरिन्छ।

वेब स्टूक्चर क्रलिङः यो प्रक्रियाले त्यस्ता वेबपेजहरूको खोजी गर्छ जुन वेबपेजहरू एकै प्रकारका हुन्छन्। उदाहरणका लागि कुनै एउटा मो बाइलको कन्फिगुरेसनको जानकारी चाहिएमा यो प्रक्रियाले वल्र्ड वाइड वेबमा त्यस्ता सबै वेबपेज संकलन गरी एउटै ठाउँमा स्टोर गर्छ जुन  वेबपेजमा त्यो मोबाइलको कन्फिगुरेसन राखिएको हुन्छ। यसबाट एउटा स्ट्रक्चर बन्ने भएको हुनाले यसलाई वेब स्ट्रक्चर क्रलिङ भनिएको हो।

वेब युसेज क्रलिङः यो क्रलिङ प्रक्रिया विशेष गरेर सर्भरमा हुन्छ। प्रत्येक वेबसाइटको महत्व त्यसमा भिजिट गर्ने प्रयोगकर्ताहरूको संख्यामा  निर्भर गर्छ। यो क्रलिङ प्रक्रियाले त्यस्ता वेबसाइट भिजिट गर्ने प्रयोगकर्ताहरूको संख्याका आधारमा जानकारी स्टोर गर्छ र सर्च इन्जिनमा उक्त  वेबसाइटलाई मुख्य प्राथमिकताका आधारमा सबैभन्दा अघि प्रकाशित गर्छ।

No comments:

Post a Comment