डिक्स इरर क्लिन
कुनै प्रोगाम क्रास वा पावर सर्टेज भए पीसी हार्ड डिक्समा इरर क्रिएट हुनसक्छ। यसका लागि कम्प्युटरको हार्ड डिक्सको इरर चेक गर्नुपर्छ। डिक्स चेकिङका लागि माइ कम्प्युटरमा जानुहोस्। जुन डिक्स चेक गर्न चाहनुहुन्छ त्यसमा राइट क्लिक गर्नुहोस् र फेरि प्रोपर्टिजमा क्लिक गर्नुहोस्। प्रोपर्टिज डायलग बक्समा टुल ट्याबमा क्लिक गर्नुहोस्। इरर चेकिङ सेक्सनमा चेक नाउ बटन थिच्नुहोस्। कम्प्युटरमा इरर चेक गर्न चेक डिक्स एक्सेस गर्नुहोस्। इररअनुसार डिक्स चेकिङमा करिब एक घण्टा लाग्न सक्छ। डिक्स चेक सातामा एकपटक गर्न सकिन्छ।
टेम्पररी फाइल हटाउनुपर्छ
जब वेब ब्राउज गरिन्छ तब कम्प्युटरको टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ। यसका साथै माइक्रोसफ्ट वर्ड एवं एक्सलमा काम गरेका बेला पनि टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ। यसले गर्दा कम्प्युटरको स्पिडमा फरक पर्छ। यसबाट बच्न विन्डोज डिक्स क्लिनअप स्क्रिन प्रयोग गरेर पीसीको इन डेड फाइलबाट छुट्कारा पाउन सकिन्छ।
डिक्स क्लिनअपका लागि माई कम्प्युटरमा गएर चेक डिक्समा राइट क्लिक गर्नुहोस्। प्रोपर्टिज डायलग बक्समा गएर डिक्स क्लिनअपमा क्लिक गर्नुहोस्। डिक्स क्लिनअपको प्रयोग अनावश्यक फाइल हटाउन पनि गर्न सकिन्छ। स्क्यानपछि डिक्स क्लिनअप डायलग बक्सबाट हटाइएका फइलको लिस्ट देखिन्छ।
डाटा अर्गनाइज
कम्प्युटरले खासगरी फाइल खोज्ने काममा बढी समय लगाइरहेको हुन्छ। यसका बाबजुद कम्प्युटर एक्सेस र रिट्रिबल स्पिड बढाउन फाइल्सको कुनै भागमा छुट्याइन्छ, तर अपडेट गरेपछि कम्प्युटर इन फाइल्सको कुनै भागमा हार्ड डिक्सले सेवा गर्न थाल्छ। यसले कम्प्युटरको स्पिड कम गरिदिन्छ, किनभने यसले हरेक फाइल अलग-अलग स्थानमा खोज्नुपर्ने हुन्छ।
यसलाई ठीक गर्न डिक्स डिफ्रेग्मेन्टर प्रोग्राम आवश्यक हुन्छ जसले फाइललाई एकसाथ जोड्न सक्छ। यसका लागि पनि माई कम्प्युटरमा गएर चेक गर्ने फाइलमा राइट क्लिक गरेर प्रोपर्टीमा क्लिक गर्नुपर्छ।
प्रोपर्टी डायलग बक्समा टुल्स ट्याबमा क्लिक गरी डिफ्रेग्मेन्टेसन सेक्सनमा गएर डिफ्रेग्मेन्टमा क्लिक गर्नुहोस्। डिक्स डिफ्रेग्मेन्टेर डायलग बक्समा डिक्सको सेलेक्ट गरेर एनालाइसमा फेरि क्लिक गर्नुहोस्। पीसीको एनलाइसिस गरेपछि डिक्स डिफ्रेग्मेन्टरमा एउटा सन्देश आउनेछ र त्यसले भन्नेछ— तपाईं आफ्नो कम्प्युटरलाई डिफ्रेग्मेन्ट गर्न चाहनुहुन्छ कि हुन्न? कम्प्युटर डिफ्रेग्मेन्ट गरेपछि त्यो फाइलको प्रोगाम र साइजअनुसार पुनः अर्गनाइज हुन्छ।
एन्टी भाइरस इन्सटल गर्नुहोस्
भाइरस र स्पाइवेयर कम्प्युटरको सुस्त गतिका लागि जिम्मेवार हुन्छ। यसका साथै यसले डाटा र फाइललाई समेत प्रभावित गरिरहेको हुन्छ। एन्टी भाइरस वा एन्टी स्पाइवेयरलाई समय-समयमा अपडेट गरिरहनुपर्छ। यसका लागि पेड प्रोगाम जस्तै नरटन एन्टी भाइरस र टूेन्ड माइक्रोका अतिरिक्त इन्टरनेटबाट समेत एन्टी भाइरस तथा एन्टी स्पाइवेयर डाउनलोड गर्न सकिन्छ।
पेज हिस्ट्रीको काम गर्नुहोस्
यदि इन्टरनेटको काममा समेत यस्तै समस्या छ भने वेब ब्राउजिङका लागि इन्टरनेट एक्सप्लोरर मिलाउने माइक्रोसफ्टको प्रोगाम उपलब्ध छ। आफ्नो पीसीको स्पिड बढाउन वेब पेज हिस्ट्रीको काम गर्नुपर्छ। यसका लागि इन्टरनेट एक्सप्लोररमा जानुहोस् र फेरि टुल मेनुमा गएर इन्टरनेट अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि हिस्ट्री सेक्सनमा गएर कति दिनको हिस्ट्री राख्न चाहनुहुन्छ टाइप गर्नुहोस्। कम्तीमा एक दिनको हिस्ट्री राख्नुहोस्।
माइक्रोसफ्ट अपडेटका लागि अटोमेट
माइक्रोसफ्टले बजारमा यस्ता अपडेट ल्याइरहेको हुन्छ जसले कम्प्युटरको स्पिड बढाउन सहयोग पुर्याउँछन्। यसका लागि माइक्रोसफ्ट अपडेटको अटोमेट गर्नुहोस्, जसले कम्प्युटरले स्वयं नयाँ अपडेट्सको डाउलोड एवं इन्स्टल गरोस्।
No comments:
Post a Comment